आर्सनलको फराकिलो जित

प्रिमियर लिगमा म्यान्चेस्टर सिटीको छैटौं हार

खेलको १६औं मिनेटमा डुरानले गोल गर्दै भिल्लालाई घरेलु मैदानमा अग्रता दिलाएका थिए
  • केदार अधिकारी
  • २०८१ पौष ६, शनिबार
प्रिमियर लिगमा म्यान्चेस्टर सिटीको छैटौं हार

७ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले छैटौं हार व्यहोरेको छ । गएराति भएको खेलमा सिटीलाई एस्टन भिल्लाले २-१ गोलअन्तरले हराएको हो ।

भिल्लाको जितमा जोन डुरान र मोर्गान रोजर्सले १-१ गोल गरे । सिटीका फिल फोडेनले इन्जुरी समयमा गरेको गोल सान्त्वना बन्यो ।

खेलको १६औं मिनेटमा डुरानले गोल गर्दै भिल्लालाई घरेलु मैदानमा अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले अगाडि रहेको भिल्लाले सिटीलाई निरन्तर दबाबमा राखेको थियो ।

दोस्रो हाफको ६५औं मिनेटमा रोजर्सले गोल गरेपछि भिल्ला २-० ले अघि बढ्यो । इन्जुरी समयमा फोडेनको गोल सिटीका लागि सान्त्वना बन्यो ।

सिटीले प्रिमियर लिगका पछिल्ला ८ खेलमा १ बराबरी र १ जित निकाल्दा ६ हार व्यहोरेको छ । सिटी १७ खेलबाट २७ अंकसहित छैटौं स्थानमा छ । भिल्लाले १७ खेलमा २८ अंक जोड्दै सिटिलाई उछिनेर पाँचौंमा उक्लिएको छ ।

आर्सनलको फराकिलो जित

गएराति नै भएको अर्को खेलमा आर्सनलले फराकिलो जित निकालेको छ । आर्सनलले क्रिस्टल प्यालेसलाई उसकै मैदानमा ५-१ गोलअन्तरले हराएको हो ।

आर्सनलको जितमा गाब्रियल जेससले २ गोल गर्दा काइ हाभेर्ट्स, गाब्रियल मार्टिनेली र डेकलान राइसले १-१ गोल गरे । प्यालेसका इसमाइल सारले एक गोल गरे ।

जितसँगै आर्सनलले १७ खेलमा ३३ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । पराजित प्यालेस १६ अंकसहित १५औं स्थानमा छ ।

विश्वमा खेलकुद

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

लुम्बिनी

सुदूरपश्चिम

कर्णाली

बागमती